सद्भाव र्‍याली विवादपछि जनकपुर पुगे गृहमन्त्री गुरुङ, हिन्दु सम्राट सेनासँग वार्ता हुँदै

सद्भाव र्‍याली विवादपछि जनकपुर पुगे गृहमन्त्री गुरुङ, हिन्दु सम्राट सेनासँग वार्ता हुँदै
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण १६, शनिबार १४:४४
सद्भाव र्‍याली विवादपछि जनकपुर पुगे गृहमन्त्री गुरुङ, हिन्दु सम्राट सेनासँग वार्ता हुँदै

जनकपुरधाम : आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री सुदन गुरुङ शनिबार जनकपुरधाम आइपुगेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाको अधिकृत संगम सभाहलमा हिन्दु सम्राट सेनाका प्रतिनिधि र गृहमन्त्री गुरुङबीच वार्ता हुन लागेको हो। वार्तामा सुरक्षा अवस्था, आन्दोलनका माग तथा पछिल्लो विकसित घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

ADVERTISEMENT

यसअघि प्रमुख जिल्ला अधिकारीको अगुवाइमा जनकपुरमा सद्भाव र्‍याली निकालिएको थियो। तर हिन्दु संघ–संस्थासँग आबद्ध युवाहरूले आफूहरूलाई सहभागी नगराई गरिएको र्‍याली स्वीकार्य नहुने भन्दै विरोध जनाएका थिए।

उक्त विरोधपछि आन्दोलनरत पक्षसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्री गुरुङ सिरहाबाट जनकपुर आइपुगेका हुन्। वार्ताबाट सहमति जुटाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १४:४४
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक

तपाईको प्रतिक्रिया !