देवानगञ्ज घटनाः ७ बुँदे सहमतिपछि मृतकका शव पोस्टमार्टमका लागि लगियो

देवानगञ्ज घटनाः ७ बुँदे सहमतिपछि मृतकका शव पोस्टमार्टमका लागि लगियो
राधेश्याम राउत राधेश्याम राउत २०८३ श्रावण १५, शुक्रबार १७:४६
देवानगञ्ज घटनाः ७ बुँदे सहमतिपछि मृतकका शव पोस्टमार्टमका लागि लगियो

जनकपुरधाम : सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरस्थित न्यूरो अस्पतालबाट निकालिएको छ।

आफन्त शव बुझ्न आएपछि दुवै शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम सम्पन्न भएपछि शव आफन्तको जिम्मा लगाइनेछ।

ADVERTISEMENT

आज बिहान पीडित पक्ष र सरकारबीच ७ बुँदे सहमति भएपछि शव उठाउने सहमति भएको हो। दुवै जनाको आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १७:४६
राधेश्याम राउत

राधेश्याम राउत

लेखक

तपाईको प्रतिक्रिया !