मधेशका ११ परीक्षा केन्द्रमा एमबीबीएस परीक्षा स्थगित

मधेशका ११ परीक्षा केन्द्रमा एमबीबीएस परीक्षा स्थगित
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १५, शुक्रबार ०९:२८
मधेशका ११ परीक्षा केन्द्रमा एमबीबीएस परीक्षा स्थगित

जनकपुर : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ११ परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीबीएस परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

त्रिविका रजिस्ट्रार महानन्द चालिसेका अनुसार मधेश प्रदेशमा हाल सिर्जित परिस्थितिका कारण ती केन्द्रमा परीक्षा सञ्चालन गर्न कठिन भएकाले परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हो।

ADVERTISEMENT

स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस (सिरहा), जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनपुर, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।

त्रिविले यी ११ केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ।

स्थगित गरिएका परीक्षाको नयाँ तालिका यथाशीघ्र सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ०९:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !