धनुषामा एक युवक मृत फेला

धनुषामा एक युवक मृत फेला
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८३ श्रावण १४, बिहीबार ०९:५०
धनुषामा एक युवक मृत फेला

खजुरी(धनुषा) : धनुषाको जनकनन्दिनी गाउँपालिका–१ इनर्वास्थित नेपाल–भारत सीमा क्षेत्र नजिक एक युवक मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार नेपाल–भारत सीमाबाट करिब १०० मिटर उत्तरतर्फ नेपाली भूमिभित्र रहेको एक खेतमा युवकको शव फेला परेको हो। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

ADVERTISEMENT

आज बिहान करिब ७ बजेतिर स्थानीय किसानहरू खेततर्फ जाने क्रममा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीको मातहत रहेको प्रहरी चौकी इनर्वा तथा इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

घटनाको प्रकृति, मृत्युको कारण तथा मृतकको पहिचान खुलाउने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार ०९:५०
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !