प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार ०८:४९
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

काठमाडौं: भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी दिएका हुन्।

पत्रकारको एक जिज्ञासाको जवाफ दिँदै प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिइसकेको पुष्टि गरे पनि भ्रमणको मिति र समयबारे भने कुनै पनि विवरण खुलाएका छैनन्।

ADVERTISEMENT

हालै भएका केही उच्चस्तरीय नेपाली अधिकारीहरूको भारत भ्रमण र प्रधानमन्त्री शाहको सम्भावित भ्रमणको सम्बन्धबारे गरिएको प्रश्नमा उनले आफू यस विषयमा अनभिज्ञ रहेको तर निमन्त्रणा भने भइसकेको बताएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार ०८:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !