मन्त्रिपरिषद्का १२ निर्णय सार्वजनिक : ९ विधेयक संसद्मा लैजानेदेखि सहकारी समिति सदस्य मनोनयनसम्म

मन्त्रिपरिषद्का १२ निर्णय सार्वजनिक : ९ विधेयक संसद्मा लैजानेदेखि सहकारी समिति सदस्य मनोनयनसम्म
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १३, बुधबार १७:२६
मन्त्रिपरिषद्का १२ निर्णय सार्वजनिक : ९ विधेयक संसद्मा लैजानेदेखि सहकारी समिति सदस्य मनोनयनसम्म

काठमाडौं :  सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि पत्रकार सम्मेलनमार्फत विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएकोसहितका महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, खानी तथा खनिज पदार्थ, संक्रामक पशुरोग नियन्त्रण, राहदानी, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालश्रम निषेध, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलापसम्बन्धी ऐन तथा निजामती कर्मचारीसम्बन्धी कानुन संशोधनका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

ADVERTISEMENT

त्यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गरेको छ भने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौं संशोधन नियमावली–२०८३ पनि स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:

९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति।

विदेशी विनियमसम्बन्धी कसुर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा तोकिएको अधिकृतलाई अनुसन्धान अधिकारी तोक्ने।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा ऐडराज दाहाल (सिन्धुली) मनोनयन।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत।

प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार १७:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !