रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु, सीके राउतसहित शीर्ष नेताहरू सहभागी

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु, सीके राउतसहित शीर्ष नेताहरू सहभागी
जयनाथ पण्डित जयनाथ पण्डित २०८३ श्रावण १३, बुधबार १०:१६
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु, सीके राउतसहित शीर्ष नेताहरू सहभागी

काठमाडौं : सुनसरीमा भएको घटनालगायत समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

ADVERTISEMENT

रास्वपा सभापति रवि लामिछानेको पहलमा बोलाइएको बैठकमा सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ।

बैठकमा पछिल्लो घटनाक्रमका कारण उत्पन्न सामाजिक तथा राजनीतिक परिस्थितिसँगै सामाजिक सद्भाव कायम गर्ने, शान्ति–सुरक्षा सुदृढ बनाउने र राजनीतिक दलहरूबीच सहकार्य बढाउने विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार १०:१६
जयनाथ पण्डित

जयनाथ पण्डित

लेखक


तपाईको प्रतिक्रिया !