प्रतिनिधिसभा बैठकको समय सर्‍यो, दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभा बैठकको समय सर्‍यो, दिउँसो १ बजे बस्ने
मधेशपत्र मधेशपत्र २०८३ असार ३१, बुधबार १२:२६
प्रतिनिधिसभा बैठकको समय सर्‍यो, दिउँसो १ बजे बस्ने

काठमाडौं : प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार आज बिहान ११ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि सभामुखले बैठक आजै दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने कार्यसूची रहेको छ। साथै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि पेस गरिनेछ।

ADVERTISEMENT

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि रहेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रमसम्बन्धी महासन्धिमाथि छलफल र अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिमाथि पनि सदनमा छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ असार ३१, बुधबार १२:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !