माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानव अधिकार आयोगमा उजुरी

माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानव अधिकार आयोगमा उजुरी
मधेशपत्र मधेशपत्र २०८३ असार २९, सोमबार १४:१८
माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं : जेनजी अभियानी माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।

जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा सरकार, गृह प्रशासन र प्रहरी विरूद्ध उजुरी दिएको हो।

ADVERTISEMENT

अलायन्सले गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली र प्रधानमन्त्री कार्यालय/ गृह मन्त्रालयबाट समन्वय गरी पठाइएको प्रतिनिधि बताउने ओजस्वी थापा विरूद्ध उजुरी दिएका हुन्।

थापाले त्यसदिन प्रहरीलाई निर्देशन दिएर परिचालन गरेको आरोप छ।

त्यसैगरी संविधानको धारा १६, १७, २० र २२ को विपरीत मानव अधिकारको उल्लंघन गरेको उजुरीमा उल्लेख छ।

विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने हक, लगायतविरूद्ध अन्सारीमाथि कुटपिट गरी नियन्त्रणमा लिएको उजुरी दिएको छ।

अलायन्सले त्यस दिनको भिडिओ, कीर्तिपुर अस्पतालको रिपोर्ट र टिचिङ अस्पतालको रिपोर्ट पनि बुझाएको छ।

हाल अन्सारी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन्।

प्रकाशित मिति: २०८३ असार २९, सोमबार १४:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !