कीर्तिपुरको होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता अन्सारीसहित ३ जना नियन्त्रणमा

कीर्तिपुरको होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता अन्सारीसहित ३ जना नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८३ असार २७, शनिबार २०:४१
कीर्तिपुरको होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता अन्सारीसहित ३ जना नियन्त्रणमा

काठमाडौँ : प्रहरीले कीर्तिपुरको होल्डिङ सेन्टरमा गएका ३ जना जेनजी अभियन्ताहरूलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापा छन् ।

ADVERTISEMENT

होल्डिङ सेन्टरमा गएर होहल्ला गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । गएराति बागमतीको बाढी होल्डिङ सेन्टरमा पसेर सुकुमबासी बिचल्लीमा परेपछि केही युवा शनिबार त्यहाँ पुगेका हुन् ।

सामान्य सोधपुछ गरेर उनीहरूलाई रिहा गरिने एसपी भट्टराईले जानकारी दिए । नियन्त्रणमा लिने क्रममा प्रहरी र जेनजी अभियन्ताहरुको बिचमा धक्कामुक्की भएको थियो ।

प्रकाशित मिति: २०८३ असार २७, शनिबार २०:४१
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !