कोरिया जाने श्रमिकलाई थपियो भार: दूतावासले बढायो भिसा शुल्क

कोरिया जाने श्रमिकलाई थपियो भार: दूतावासले बढायो भिसा शुल्क
मधेशपत्र मधेशपत्र २०८३ असार १९, शुक्रबार १७:३४
कोरिया जाने श्रमिकलाई थपियो भार: दूतावासले बढायो भिसा शुल्क

काठमाडौं : ईपीएसमार्फत कामका लागि दक्षिण कोरिया जाने नेपाली कामदारका लागि भिषा शुल्क वृद्धि भएको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भिषा शुल्क वृद्धि भएको जानकारी दिएको हो।

ADVERTISEMENT

नयाँ व्यवस्थाअनुसार कोरिया जानेहरुले अब ११ हजार ३०० सय रुपैयाँ भिषा शुल्क तिर्नुपर्नेछ। यसअघि भिषा शुल्क १० हजार ७ सय रुपैयाँ थियो।

इपीएस कोरिया शाखाका अनुसार यो मूल्य वृद्धि काठमाडौंस्थित कोरियाली दूतावासले गरेको हो। भिषा शुल्कको रकम कोष लेखा नियन्त्रण कार्यालय ललितपुरको नेपाल बैंकको खातामा जम्मा गर्न भनिएको छ।

प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १७:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !