खामेनीको अन्त्येष्टिअघि इरानको घोषणा: ‘रगतको बदला’ लिइनेछ

खामेनीको अन्त्येष्टिअघि इरानको घोषणा: ‘रगतको बदला’ लिइनेछ
मधेशपत्र मधेशपत्र २०८३ असार १८, बिहीबार १०:०९
खामेनीको अन्त्येष्टिअघि इरानको घोषणा: ‘रगतको बदला’ लिइनेछ

काठमडौं : इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको ‘रगतको बदला’ लिने घोषणा गरेको छ।

यस विषयमा इरानी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्ति जारी गरेको छ।

ADVERTISEMENT

जसमा भनिएको छ, ‘अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्यारासँग लिइनेछ।’

मोहम्मद बाकरको यो सन्देश सामाजिक सञ्जाल प्लाटफर्म एक्समा जारी गरिएको छ।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको हत्या गरेका थिए।

जुन दिन अमेरिका र इजरायलले इरानमा पहिलो आक्रमण गरेका थिए। जसमा खामेनीसहित इरानका धेरै जना शीर्ष अधिकारी तथा उनीहरूका परिवारका केही सदस्य मारिएका थिए।

बीबीसी फारसीका अनुसार, अली खामेनीको अन्त्येष्टि समारोह यही जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिनेछ।

इराकका सहरहरू बगदाद, काजमिन, करबला र नजफमा पनि शोक सभाहरू आयोजना गरिनेछ।

यसैबिच कतारको दोहामा अमेरिका र इरान अप्रत्यक्ष वार्तामा छन्।

वार्ता सकारात्मक भएको दाबी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।

प्रकाशित मिति: २०८३ असार १८, बिहीबार १०:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !