रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्

रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्
मधेशपत्र मधेशपत्र २०८३ असार १२, शुक्रबार १८:०६
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ ।

केहीबेर अघि मतदान सकिएको छ । मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

ADVERTISEMENT

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।

आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ ।

गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने तयारी रास्वपाको छ ।

५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।

प्रकाशित मिति: २०८३ असार १२, शुक्रबार १८:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !