आर्थिक वर्षको संघारमा कर्मचारी सरुवा गर्ने चलखेल, पुर्व अर्थमन्त्री यादवको आपत्ती

आर्थिक वर्षको संघारमा कर्मचारी सरुवा गर्ने चलखेल, पुर्व अर्थमन्त्री यादवको आपत्ती
मधेश पत्र मधेश पत्र २०८३ जेष्ठ ३१, आईतवार १९:१५
आर्थिक वर्षको संघारमा कर्मचारी सरुवा गर्ने चलखेल, पुर्व अर्थमन्त्री यादवको आपत्ती

जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्तिममा कर्मचारी सरुवा गर्न लागेको विषयमा पुर्व अर्थमन्त्री महेशप्रसाद यादवले आपत्ती जनाएका छन् ।

आइतबार मधेश प्रदेश सभामा उनले आपत्ती जनाएका हुन् ।

ADVERTISEMENT

‘सप्तारीको राजविराज सामाजिक इकाई कार्यालयका प्रमुख फेरिने खबर सुनिरहेको छ । समबन्धित मन्त्रालयका मन्त्रीले फेर्न थालेका छन्,’उनले भने,‘यसमा सरकार प्रमुखको ध्यानकषर्ण गराउन चाहन्छु । आर्थिक वर्षको अन्तिम चरणमा कर्मचारीहरुलाई नचालइयोस । यो हास्यास्पद हुन सक्छ । अनियमितताको गन्ध दिन सक्छ ।’

स्रोतका अनुसार खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले मुख्यमन्त्री कार्यालय दबाब सिजर्ना गरेर कर्मचारी सरुवा गराउन लागेको आरोप लागेको छ ।

कर्मचारी सरुवा गरेर इच्छाएको कर्मचारी पठाएर अनियमितता गर्ने प्रयास गरेको आशंकासमेत गरिएको छ ।

प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार १९:१५
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !