प्रधानमन्त्री संसद्‌मा नबोलेसम्म विरोध जारी रहन्छ: अध्यक्ष साम्पाङ

प्रधानमन्त्री संसद्‌मा नबोलेसम्म विरोध जारी रहन्छ: अध्यक्ष साम्पाङ
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ६, बुधबार १७:५८
प्रधानमन्त्री संसद्‌मा नबोलेसम्म विरोध जारी रहन्छ: अध्यक्ष साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिए। गृह मन्त्रालयमाथि सुकुम्वासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेकाले त्यसको जवाफ संसदमा दिनुपर्ने बताए।

ADVERTISEMENT

‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ। यदि सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्वन गरिन्छ भने पनि हामी रेडी छौँ,’ साम्पाङले भने।

उनले सरकारको आलोचना गरेकै आधारमा निलम्वन गरिन्छ भने पनि आफूहरू तयार रहेको बताए।

प्रकाशित मिति: २०८३ जेष्ठ ६, बुधबार १७:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !