जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३, आईतवार १३:५४
जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

काठमाडौं : हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणमा दुई बुँदे असहमति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको बताएका हुन् । नेपालजस्तो विविधतायुक्त देशका लागि वर्तमान संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली उपयुक्त रहेको उनको भनाइ छ ।

ADVERTISEMENT

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अल्पसंख्यकका लागि घातक हुने दाबी गर्दै सैद्धान्तिक स्पष्टताविना गरिएको एकता आत्मघाती हुन सक्ने चेतावनी दिएका छन् ।

त्रिपाठीले आफ्नो नेतृत्वको जनता प्रगतिशील पार्टी र तमलोपाको प्रयासपछि लोसपासँग एकीकरण भएको उल्लेख गर्दै जसपा–लोसपा एकीकरणबारे आफूहरूलाई जानकारी नदिइएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति: २०८३ जेष्ठ ३, आईतवार १३:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !