मिथिला पाठशालाका अध्यक्ष फरार , प्रहरी खोज्दै

मिथिला पाठशालाका अध्यक्ष फरार , प्रहरी खोज्दै
मधेश पत्र मधेश पत्र २०८३ बैशाख ३१, बिहीबार ०८:३६
मिथिला पाठशालाका अध्यक्ष फरार , प्रहरी खोज्दै

सिराहा — निजी जग्गामा जबरजस्ती सडक निर्माण, कुटपिट तथा अमानवीय व्यवहारसम्बन्धी विवादमा मुछिएका मिथिला पाठशालाका अध्यक्ष हेमा यादव हाल फरार रहेको जनाइएको छ। पीडित पक्षले जाहेरी दर्ता गराएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।
औरही गाउँपालिकामा भएको उक्त घटनामा स्थानीयलाई रुखमा बाँधेर कुटपिट गरिएको आरोप लागेपछि चौतर्फी विरोध भइरहेको छ। घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै मानवअधिकारकर्मी, स्थानीयवासी तथा विभिन्न राजनीतिक दलहरूले दबाब बढाइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहेको र फरार रहेका व्यक्तिहरूको खोजी भइरहेको छ। पीडित पक्षले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ बैशाख ३१, बिहीबार ०८:३६
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !