वडा अध्यक्ष जीवछ यादवसहित सबै आरोपित फरार, पक्राउ गर्न प्रहरीको निगरानी जारी

वडा अध्यक्ष जीवछ यादवसहित सबै आरोपित फरार, पक्राउ गर्न प्रहरीको निगरानी जारी
मधेश पत्र मधेश पत्र २०८३ बैशाख ३०, बुधबार ०९:०९
वडा अध्यक्ष जीवछ यादवसहित सबै आरोपित फरार, पक्राउ गर्न प्रहरीको निगरानी जारी

सिरहा — औरही गाउँपालिकामा निजी जग्गामा जबरजस्ती सडक निर्माण गर्ने क्रममा स्थानीयलाई रुखमा बाँधेर कुटपिट तथा घरमा तोडफोड गरिएको घटनामा संलग्न भनिएका वडा अध्यक्ष जीवछ यादवसहितका सबै आरोपित फरार भएका छन्। घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दर्ता गराएपछि आरोपितहरू सम्पर्कविहीन बनेका हुन्।

पीडित पक्षले वडा अध्यक्षसहित संलग्न व्यक्तिहरूले निजी सम्पत्तिमा बल प्रयोग गर्दै बालीनाली नष्ट गरेको, घरको पर्खाल भत्काएको तथा विरोध गर्ने स्थानीयलाई अमानवीय ढंगले रुखमा बाँधेर दुर्व्यवहार गरेको आरोप लगाएका छन्। घटनाको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ।
स्थानीयवासी तथा विभिन्न राजनीतिक तथा नागरिक समूहहरूले घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

ADVERTISEMENT

घटनापछि वडा अध्यक्ष जीवछ यादवसहित मुख्य आरोपितहरू फरार रहेको र प्रहरीले खोजी कार्य तीव्र बनाएको स्रोतले जनाएको छ। मानवअधिकारकर्मीहरूले समेत घटनालाई गम्भीर मानवअधिकार उल्लंघन भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख ३०, बुधबार ०९:०९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !