बरियारपट्टी छोटी भन्सार हटाइएपछि जनमत पार्टीको ध्यानाकर्षण, आन्दोलनमा ऐक्यबद्धता : पुन स्थापना गर्न सरकारसँग माग

बरियारपट्टी छोटी भन्सार हटाइएपछि जनमत पार्टीको ध्यानाकर्षण, आन्दोलनमा ऐक्यबद्धता : पुन स्थापना गर्न सरकारसँग माग
मधेश पत्र मधेश पत्र २०८३ बैशाख २५, शुक्रबार १९:४३
बरियारपट्टी छोटी भन्सार हटाइएपछि जनमत पार्टीको ध्यानाकर्षण, आन्दोलनमा ऐक्यबद्धता : पुन स्थापना गर्न सरकारसँग माग

सिराहा, २०८३ वैशाख २५ — सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय हटाइएको विषयमा जनमत पार्टी सिराहा जिल्ला समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। पार्टीले उक्त निर्णयप्रति आपत्ति जनाउँदै सीमा क्षेत्रका नागरिक, व्यापारी तथा किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताएको छ।

पार्टीद्वारा जारी विज्ञप्तिमा भन्सार कार्यालय हटाइएपछि स्थानीय स्तरमा व्यापारिक गतिविधि प्रभावित भएको र दैनिक जनजीवनमा कठिनाइ बढेको उल्लेख गरिएको छ। हाल उक्त निर्णयको विरोधमा स्थानीय व्यापारी, राजनीतिकर्मी, जनप्रतिनिधि तथा युवाहरू आन्दोलनमा उत्रिएको अवस्थामा जनमत पार्टीले आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ।

ADVERTISEMENT

विज्ञप्तिमा सीमा क्षेत्रको जनघनत्व, भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै बरियारपट्टीमा पुनः भन्सार कार्यालय स्थापना गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ।
जनमत पार्टीले राज्यले नागरिकको सहजता, स्थानीय अर्थतन्त्रको संरक्षण तथा सीमावर्ती क्षेत्रको आवश्यकतालाई प्राथमिकतामा राखी तत्काल निर्णय पुनर्विचार गर्नुपर्ने पनि जनाएको छ।

पार्टीले जनभावना विपरीत गरिएको निर्णय सच्याउँदै छोटी भन्सार कार्यालय पुनः स्थापना गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार १९:४३
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !