आफ्नै कार्यकर्ता उपर रास्वपाको लगाम , सरकारको विरुद्व नबोल्न उर्दी

आफ्नै कार्यकर्ता उपर रास्वपाको लगाम , सरकारको विरुद्व नबोल्न उर्दी
मधेश पत्र मधेश पत्र २०८३ बैशाख २५, शुक्रबार १७:५२
आफ्नै कार्यकर्ता उपर रास्वपाको लगाम , सरकारको विरुद्व नबोल्न उर्दी

सिराहा : राष्ट्रिय स्वतन्त्र पार्टी सिरहाले आफ्नै कार्यकर्ता उपर लगाम लगाउने गरी एक उर्दी जारी गरेको छ। सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार हटाएको सरकारको निर्णय विरुद्धमा आन्दोलन भइरहेको छ।

स्थानिय व्यापारी , जनप्रतिनिधि , राजनीतिकर्मी , युवाहरुको सक्रियतामा आन्दोलन भइरहेको छ। आन्दोलनमा आफ्ना समर्थकहरु सहभागी हुन सक्ने भन्दै यस्ता उर्दी जारी गरेको बुझिएको छ।

ADVERTISEMENT

भसीमानाकामा एक सय रुपैया भन्दा बढीको सामान ल्याउन नहुने , छोटी भन्सार हटाउने , अध्यादेश मार्फत शासन गर्न खोज्ने , संवैधानिक परिषद्को अङ्क गणित हेरफेर गर्ने , प्रधान न्यायाधीशको न्युक्ती , गृहिमन्त्रीको सम्पति विवाद लगायतका निर्णय विरुद्ध यति बेला सरकारको चर्को आलोचना भइरहेको छ।

प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार १७:५२
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !