रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २०, आईतवार १६:१५
रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं : आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार हुन चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ।

रास्वपाबाट स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर-उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाइएको हो ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय लिएको प्रवक्ता मनिष झाले बताएका छन् ।

आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनाव एकै समयमा गर्ने गरी अहिलेबाटै आवश्यक तयारी अघि बढाएको हो ।

यसअघि गत साता बसेको रास्वपा संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको थियो ।

उक्त समितिको संयोजकमा सह-महामन्त्री विपिनकुमार आचार्यलाई चयन गरिएको थियो। त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ। उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य छन् ।

रास्वपाले आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्वप्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास थाल्ने निर्णय पनि गरेको थियो।

क्यान्डिडेट क्लबको अभ्यास थालिने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा र कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न पनि रास्वपाले निर्देशन दिएको थियो। ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ’, रास्वपाले गत साता भनेको थियो ।

प्रकाशित मिति: २०८३ बैशाख २०, आईतवार १६:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !