जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १८, शुक्रबार १५:५२
जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन्।

शुक्रबार १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए। उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे।

ADVERTISEMENT

उनले भने, ‘वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ। मजदुरविरोधी काम गरिरहेको छ। जनताको वासस्थान खोसिँदै गएको छ। रोजगारीको अधिकार पनि खोसिँदै गएको छ।’

नेपालले सुकुम्बासी समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै वास्तविक र नक्कली सुकुम्बासी छुट्याउने, तथ्यांक संकलन गर्ने र वैकल्पिक व्यवस्थाको खोजी नगरी दमनात्मक कदम चालिएको बताए।

उनले भने, ‘सुकुम्बासी समस्या समाधान कसरी गर्ने ? वास्तविक र नक्कली सुकुम्बासी को हुन् भनेर छुट्याउने काम नगरी, तथ्यांक संकलन नगरी र वैकल्पिक व्यवस्था नखोजी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन।’

उनका अनुसार रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य छन्, जसका कारण कतिपय नेपाली कामदारको शव स्वदेश फर्किनुपर्ने अवस्था दुःखद रहेको छ।

प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार १५:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !