७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १५, मंगलवार ०८:१३
७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ : सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गरी सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको जानकारी गराएको छ ।

ADVERTISEMENT

कार्यालयले अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको छ । यी कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको उल्लेख गरिएको छ ।

यस्तै, कार्यालयले इटालीको एम/एस ईएलसी इलेक्ट्रोकन्सल्टलाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको जनाएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख १५, मंगलवार ०८:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !