वास्तविक सुकुम्वासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न उनेपाको माग

वास्तविक सुकुम्वासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न उनेपाको माग
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १२, शनिबार ११:२३
वास्तविक सुकुम्वासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न उनेपाको माग

काठमाडौँ : उज्यालो नेपाल पार्टी (उनेपा)ले काठमाडौँ उपत्यकाको नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुम्वासी पहिचान गरी उनीहरूको उचित र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

शनिबार बिहान विज्ञप्ति जारी गरी उज्यालो नेपाल पार्टीले भनेको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानवअधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ।’

ADVERTISEMENT

सबै सरोकारवाला पक्ष-सरकार, स्थानीय तह, नागरिक समाज र सुकुमवासी समुदायलाई संवेदनशील भई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पार्टीले आह्वान गरेको छ।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार ११:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !