साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ११, शुक्रबार १९:३८
साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौँ : काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको र उनीहरूको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ । सो घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १९:३८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !