दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ११, शुक्रबार ११:४५
दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौँ : बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो ।

ADVERTISEMENT

यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार ११:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !