संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १०, बिहीबार २०:५४
संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

काठमाडौं : संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यसअघि आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा अधिवेशन आह्वान गरेका थिए।

ADVERTISEMENT

तर, मन्त्रिपरिषद्कै बिहीबारको अर्को सिफारिसअनुसार विशेष कारण देखाउँदै उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संविधानको धारा ९३(१) बमोजिम संसद् अधिवेशन आह्वान तथा स्थगनसम्बन्धी निर्णय राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा हुने व्यवस्था छ।

प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार २०:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !