राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान
मधेश पत्र मधेश पत्र २०८३ बैशाख ९, बुधबार २३:१९
राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो।

ADVERTISEMENT

यहीँ वैशाख १७ गते बिहीबार दिउँसो २:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बस्ने तय गरिएको उल्लेख छ।

प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार २३:१९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !