अख्तियारको स्टिङ अपरेशन : १ लाख ४० हजार घुससहित इन्जिनियर पक्राउ

अख्तियारको स्टिङ अपरेशन : १ लाख ४० हजार घुससहित इन्जिनियर पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २४, मंगलवार १८:५९
अख्तियारको स्टिङ अपरेशन : १ लाख ४० हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख (इन्जिनियर) महेन्द्रकुमार दास १ लाख ४० हवार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारको स्टिङ अपरेशनका क्रममा उनलाई सोमबार उक्त घस रकमसहित नियन्त्रणमा लिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले इिन्जिनियर दासलाई सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिइसकेको अवस्थामा सप्तरी हनुमाननगर कंकालिनी, नगरपालिका–१ बाट सोमबारे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

इन्जिनियर दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ उनले घुस रकम लिएका अख्तियारको दाबी छ ।

प्रकाशित मिति: २०८२ चैत्र २४, मंगलवार १८:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !