रविको मुद्दा अब पूर्ण इजलासमा

रविको मुद्दा अब पूर्ण इजलासमा
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १५, आईतवार २०:०३
रविको मुद्दा अब पूर्ण इजलासमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेउपरको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय बदर गर्न माग गर्दै परेको रिट पूर्ण इजलासमा पेश हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पेश गर्ने फैसला सुनाएको हो ।

ADVERTISEMENT

महान्यायाधिवक्ता सबिता भण्डारीले गत पुस ३० गते रविविरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेकी थिइन् । सो निर्णय गैरकानुनी र बदनियतपूर्ण भएको बताउँदै सिन्धुलीका युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अभिवक्ता आभास रेग्मीलगायतले माघ ४ गते सर्वोच्चमा रिट हालेका थिए ।

चैत १ गतेदेखि चार दिन सुनुवाई भएकोमा न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रिट ‘हेर्न मिल्ने’ न्यायाधीशको इजलासमा पठाउने आदेश गरेको थियो । सो आदेशबमोजिम चैत ९ गतेदेखि पुनः सुनुवाई थालिएकोमा यसअघि लगातार ‘हेर्दाहेर्दै’ मा परेको थियो ।

प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार २०:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !