घण्टी बजार सुरु भयो रास्वपाको अभिमुखीकरण कार्यक्रम

घण्टी बजार सुरु भयो रास्वपाको अभिमुखीकरण कार्यक्रम
मधेशपत्र मधेशपत्र २०८२ चैत्र ३, मंगलवार १२:४१
घण्टी बजार सुरु भयो रास्वपाको अभिमुखीकरण कार्यक्रम

काठमाडौं : रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन् ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित आफ्ना १८२ सांसदहरुलाई रास्वपाले संसदमा खेल्नुपर्ने भूमिका, संसदीय प्रणालीलगायतबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम गरेको हो ।

ADVERTISEMENT

बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका नेता र विषय विज्ञहरुको प्रस्तुति रहने पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिक निर्वाचन प्रणालीबाट ५७ गरी १८२ सांसद पाएको छ ।

प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार १२:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !