सिरहा–३ मा रोहित महतोको तीव्र घरदैलो अभियान

सिरहा–३ मा रोहित महतोको तीव्र घरदैलो अभियान
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १४, बिहीबार ११:३१
सिरहा–३ मा रोहित महतोको तीव्र घरदैलो अभियान

सिरहा : प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिरहा क्षेत्र नं.३ मा चुनावी गतिविधि तीव्र बनेको छ।

जनमत पार्टीका उम्मेदवार रोहित महतो यतिबेला गाउँ–गाउँ र टोल–टोल पुगेर मतदातासँग भेटघाट गर्दै चुनावी अभियानलाई तीव्रता दिइरहेका छन्।

ADVERTISEMENT

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार महतोले मधेसको पहिचान, स्वाभिमान र अधिकारका मुद्दालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। “निकास र विकास” भन्ने नारासहित उनले मधेसी समुदायको राजनीतिक सशक्तिकरण, रोजगारी सिर्जना, कृषि सुधार, शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्।

उनले मधेसका मुद्दा समाधानका लागि स्पष्ट विकल्पका रूपमा नौलो गणतन्त्र र जनमत पार्टीलाई समर्थन गर्न आग्रह गर्दै मतदातासँग मत मागिरहेका छन्। स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

सिरहा–३ मा उनको सक्रिय अभियानले चुनावी माहोल थप तातेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १४, बिहीबार ११:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !