सप्तरी–२ मा चुनावी सरगर्मी बढ्दै, रोजगारी र विकासलाई मुख्य मुद्दा बनाउने दाबी

सप्तरी–२ मा चुनावी सरगर्मी बढ्दै, रोजगारी र विकासलाई मुख्य मुद्दा बनाउने दाबी
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन ९, शनिबार २२:४९
सप्तरी–२ मा चुनावी सरगर्मी बढ्दै, रोजगारी र विकासलाई मुख्य मुद्दा बनाउने दाबी

राजविराज : प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मधेशको महत्वपूर्ण निर्वाचन क्षेत्र सप्तरी–२ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैबीच शनिबार राजविराजमा जनमत पार्टी आबद्ध जेन–जी युवाहरूले प्रदर्शन गरेका छन्।

स्थानीय राजदेवी मैदानबाट सुरु भएको प्रदर्शन शहरका मुख्य बजार क्षेत्र परिक्रमा गर्दै सम्पन्न भएको थियो। प्रदर्शनमा सहभागी युवाहरूले पार्टीका एजेन्डा, विकास र रोजगारीका मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी माहोललाई थप सक्रिय बनाएका थिए।

ADVERTISEMENT

प्रदर्शनअघि आयोजित कार्यक्रममा पार्टी अध्यक्षले युवाहरूलाई चुनाव लक्षित प्रशिक्षण दिएका थिए। उनले निर्वाचनका बेला आफ्नो बुथ र मतदाताको सुरक्षा सुनिश्चित गर्न युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरे। पार्टीभित्र देखिएका मतभेदलाई अहिले थाँती राखेर चुनाव जित्न एकताबद्ध भएर लाग्नुपर्नेमा पनि उनले जोड दिए।

उनले पार्टी आफ्ना एजेन्डाबाट पछि नहट्ने बताउँदै गरिब, दलित, मुस्लिम तथा पिछडिएका समुदायको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै पार्टीका नेता महेश यादवले रोजगारीको मुद्दा आफूहरूले उठाएपछि अन्य दलहरूले पनि प्राथमिकतामा राख्न थालेको भन्दै यसलाई जनमत पार्टीको वैचारिक प्रभावको रूपमा व्याख्या गरे। उनले पार्टीको मुख्य लक्ष्य विकास र निकास भएको स्पष्ट पारे।

निर्वाचन नजिकिँदै जाँदा सप्तरी–२ मा राजनीतिक दलहरूको सक्रियता बढ्दो छ भने विभिन्न कार्यक्रम र भेटघाटमार्फत मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ९, शनिबार २२:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !