विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
मधेश पत्र मधेश पत्र २०८२ माघ १४, बुधबार ०८:५६
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप तयारी राम्रो भएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँग छोटो भिडियो कुराकानी गर्दै कप्तान पौडेलले यस्तो बताएका हुन्।

‘एकदम राम्रो तयारी भएको छ। अगाडि अझै अभ्यास खेल खेल्दैछौँ। हामी विश्वकपका लागि ‘एक्साइटेड’ छौँ’, उनले भनेका छन्।

ADVERTISEMENT

नयाँ र पुराना खेलाडी मिलेर विश्वकपका लागि नेपालको राम्रो टिम बनेको उनको भनाइ छ। उनले तीन जना खेलाडी पहिलो पटक विश्वकप खेल्न लागेको र सोमपाल कामीले तेस्रो पटक विश्वकप खेल्दै गरेको भन्दै खुशी व्यक्त गरेका छन्।

धेरैको अपेक्षा अनुसार नै २०२६ को विश्वकप खेल्न पुगेको र त्यो बीचमा धेरै प्रेसर महसुस भएको उनको भनाइ छ।

उनले सबैलाई खुशी बनाउने गरी विश्वकप खेल्ने बताएका छन्। ‘हामी मैदानमा शतप्रतिशत दिन्छौँ। हाम्रो खेलले नेपाल र नेपालीलाई गर्व गर्न सहयोग गर्नेछ’, उनले भनेका छन्।

प्रकाशित मिति: २०८२ माघ १४, बुधबार ०८:५६
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !