सिराहा–४ मा पूर्वमन्त्री डा.वीरेन्द्र महतो जनमतका उम्मेदवार

सिराहा–४ मा पूर्वमन्त्री डा.वीरेन्द्र महतो जनमतका उम्मेदवार
मधेशपत्र मधेशपत्र २०८२ माघ ४, आईतवार ११:४३
सिराहा–४ मा पूर्वमन्त्री डा.वीरेन्द्र महतो जनमतका उम्मेदवार

काठमाडौं : जनमत पार्टीले सिराहा निर्वाचन क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

डा. महतो आइतबार मात्र जनमत पार्टी प्रवेश गरेका हुन्। पार्टी प्रवेश गरेलगत्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उनलाई सिराहा–४ को टिकट प्रदान गरेका हुन्।

ADVERTISEMENT

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डा. महतो जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सोही क्षेत्रमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले २४ हजार १ सय २ मत प्राप्त गरी निर्वाचित भएका थिए।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ। सो निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका तय गरिएको निर्वाचन आयोगले जनाएको छ।

जनमत पार्टीले मधेस केन्द्रित राजनीतिक शक्ति विस्तार गर्ने रणनीतिअनुसार डा. महतोलाई सिराहा–४ बाट उम्मेदवार बनाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ ४, आईतवार ११:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !