जनमत पार्टी मधेश प्रदेशद्वारा अर्थमन्त्री यादव सम्मानित

जनमत पार्टी मधेश प्रदेशद्वारा अर्थमन्त्री यादव सम्मानित
मधेशपत्र मधेशपत्र २०८२ पुष १४, सोमबार १८:२४
जनमत पार्टी मधेश प्रदेशद्वारा अर्थमन्त्री यादव सम्मानित

जनकपुरधाम : जनमत पार्टी मधेश प्रदेशले मधेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवलाई सम्मान गरेको छ।

सोमबार जनमत पार्टी मधेश प्रदेशको कार्यालय, जनकपुरधाममा आयोजित कार्यक्रममा पार्टीका मधेश प्रदेश संसदीय दलका नेता तथा अर्थमन्त्री यादवलाई सम्मान गरिएको हो।

ADVERTISEMENT

सम्मान कार्यक्रममा जनमत पार्टी मधेश प्रदेश समन्वय समिति अध्यक्ष रामस्नेही यादवसहितका पदाधिकारीहरूले अर्थमन्त्री यादवलाई गम्छा ,फूलमाला र अबिरलगाएर सम्मान व्यक्त गरेका थिए।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ पुष १४, सोमबार १८:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !