शिक्षा र स्वास्थ्यमा ५० प्रतिशत सहुलियतको माग गर्दै विद्यार्थी जनमत संघद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

शिक्षा र स्वास्थ्यमा ५० प्रतिशत सहुलियतको माग गर्दै विद्यार्थी जनमत संघद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र
मधेशपत्र मधेशपत्र २०८२ पुष १४, सोमबार १६:५०
शिक्षा र स्वास्थ्यमा ५० प्रतिशत सहुलियतको माग गर्दै विद्यार्थी जनमत संघद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम : जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघअन्तर्गत राजर्षी जनक विश्वविद्यालय समितिका अध्यक्ष तथा स्ववियु सभापति पदका उम्मेदवार सशिकान्त मण्डलले मधेस प्रदेशमा शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकको पूर्ण कार्यान्वयनको माग गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ। मण्डलले शिक्षा र स्वास्थ्य नागरिकका आधारभूत मौलिक अधिकार भए पनि मधेसी, दलित तथा अन्य सीमान्तकृत वर्ग अझै पनि यी अधिकारबाट वञ्चित रहँदै आएको बताएका छन्।

ADVERTISEMENT

उनका अनुसार कमजोर आर्थिक अवस्थाका कारण धेरै नागरिकले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउन सकेका छैनन्। विशेषगरी मधेस प्रदेशमा मधेसी, दलित तथा अन्य वर्गका नागरिक शिक्षा र स्वास्थ्य सेवाबाट बढी प्रभावित भएको उनको भनाइ छ। पछिल्लो समय शिक्षा र स्वास्थ्य सेवा अत्यधिक महँगो बन्दै गएको भन्दै उनले यसले विपन्न वर्गलाई झनै पछाडि धकेलेको उल्लेख गरेका छन्।

ज्ञापनपत्रमा मधेस प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कम्तीमा ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गर्न सके मधेसी, दलित तथा अन्य वर्गका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। संविधानले दिएको मौलिक अधिकारको समान र न्यायोचित उपयोग सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर हुनुपर्ने मण्डलको माग छ।

प्रकाशित मिति: २०८२ पुष १४, सोमबार १६:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !