जनमत पार्टीबाट धनुषा–४ मा इन्द्रजीत यादवको एकल नाम सिफारिस

जनमत पार्टीबाट धनुषा–४ मा इन्द्रजीत यादवको एकल नाम सिफारिस
मधेशपत्र मधेशपत्र २०८२ पुष १३, आईतवार १९:२२
जनमत पार्टीबाट धनुषा–४ मा इन्द्रजीत यादवको एकल नाम सिफारिस

जनकपुरधाम : अगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट जनमत पार्टीका तर्फबाट इन्द्रजीत यादवको एकल नाम सिफारिस गरिएको छ।

आइतबार क्षिरेश्वरनाथ नगरपालिकाको महेंद्रनगरमा सम्पन्न जनमत पार्टी धनुषा क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य इन्द्रजीत यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

ADVERTISEMENT

बैठकमा क्षेत्र नं. ४ का विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। साथै जनमत पार्टीका केन्द्रीय सदस्यहरू सुरेन्द्र मण्डल, जितकुमार साह, ब्रह्मदेव महतो, रामशंकर महासेठलगायत नेताहरूको उपस्थिति रहेको जनाइएको छ।

बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रको राजनीतिक अवस्था, संगठन विस्तार, चुनावी रणनीति तथा स्थानीय मुद्दाहरूबारे समेत छलफल गरिएको थियो। सहभागी नेताहरूले क्षेत्रका जनताको अपेक्षा अनुसार परिवर्तनकारी र जवाफदेही नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै यादवको उम्मेदवारीले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

मिथिला बिहारी नगरपालिका-६ सिरसिया निवासी यादव लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन्। मधेसका मुद्दा, सुशासन, शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै उनले चुनावी तयारी अघि बढाउने जनाइएको छ।

प्रकाशित मिति: २०८२ पुष १३, आईतवार १९:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !