धनुषा–२ बाट जसपा नेपालका उपेन्द्र यादवसहित ५ जनाको नाम सिफारिस

धनुषा–२ बाट जसपा नेपालका उपेन्द्र यादवसहित ५ जनाको नाम सिफारिस
मधेशपत्र मधेशपत्र २०८२ पुष ८, मंगलवार २०:०४
धनुषा–२ बाट जसपा नेपालका उपेन्द्र यादवसहित ५ जनाको नाम सिफारिस

जनकपुरधाम : अगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मध्यनजर गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित ५ जनाको नाम धनुषा निर्वाचन क्षेत्र–२ बाट सिफारिस गरेको छ।

जसपा नेपाल धनुषा निर्वाचन क्षेत्र नम्बर–२ को क्षेत्रीय अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा भएको क्षेत्रीय भेलाबाट अगामी प्रतिनिधिसभाको उम्मेदवार प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ९ जनाको नाम जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

भेलाबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, नेता सुशील साह र कमलदेव मण्डललगायतका नेताहरूको नाम सिफारिस गरिएको छ।

त्यसैगरी समानुपातिकतर्फ मो. अब्दुल वारिक शेख, जयनारायण पासवान, कृष्ण कुमार भण्डारी, त्रिलोक महतो (श्रवण कुमार महतो), रामो महरा, समिमा खातुन, पुष्पा यादव, उदय चन्द्र मिश्र र सीता मण्डलको नाम सिफारिस गरिएको छ।

उक्त क्षेत्रीय भेलामा जसपा नेपाल केन्द्रीय सदस्य ममता मण्डल, मधेश प्रदेश समिति सदस्य तथा पूर्व प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव, जिल्ला उपाध्यक्ष ललित मण्डल, शहिदनगर नगरपालिकाका मेयर दिनेश कुमार यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय महासचिव बलिराम कापरी, डोटिमका जिल्ला अध्यक्ष रामशंकर पासवानलगायत क्षेत्र अन्तर्गतका पार्टीका वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ पुष ८, मंगलवार २०:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !