कांग्रेसका दुवै महामन्त्रीको बहिष्कारपछि केन्द्रीय समिति बैठक स्थगित

कांग्रेसका दुवै महामन्त्रीको बहिष्कारपछि केन्द्रीय समिति बैठक स्थगित
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १४, शुक्रबार १८:१५
कांग्रेसका दुवै महामन्त्रीको बहिष्कारपछि केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टीभित्रको आन्तरिक विवादका कारण आइतबारसम्मका लागि स्थगित गरिएको छ।

महाधिवेशनको कार्यतालिका र तयारीसम्बन्धी मतभेदपछि शुक्रबार बस्ने तय भएको बैठक स्थगित गरिएको हो। शुक्रबार नै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए, तर सहमति नजुटेपछि उनीहरूले बैठक बहिष्कार गरेका थिए।

ADVERTISEMENT

महाधिवेशनको स्पष्ट कार्यतालिका बिना बैठकमा सहभागी नहुने निर्णयपछि बैठक स्थगित गरिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार, कार्यवाहक सभापतिको प्रस्तावमा बैठक स्थगित गर्दै छलफलका लागि आन्तरिक परामर्श जारी राखिएको छ।

प्रवक्ता महतका अनुसार पार्टीले सबै पक्षको सहभागितासहित सहमति खोज्ने प्रयास जारी राखेको छ। “महाधिवेशनलाई विवादको होइन, सहभागितामूलक रूपमा सम्पन्न गर्ने उद्देश्य हो,” उनले भने।

कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने विषयमा नेताहरूबीच मतभेद कायम छ।

प्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार १८:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !