ओलीसहित ५ जनालाई उपत्यका छोड्न रोक लगाउन माग गर्दै सुदनले बुझाएका थिए ज्ञापन

ओलीसहित ५ जनालाई उपत्यका छोड्न रोक लगाउन माग गर्दै सुदनले बुझाएका थिए ज्ञापन
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १२, आईतवार १८:५७
ओलीसहित ५ जनालाई उपत्यका छोड्न रोक लगाउन माग गर्दै सुदनले बुझाएका थिए ज्ञापन

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ।

जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूलाई काठमाडौं उपत्यका छोड्नसमेत आयोगको पूर्वस्वीकृति लिनुुपर्ने निर्णय पनि गरेको छ।

ADVERTISEMENT

ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान र काठमाडौं उपत्यकासमेत छोड्न नपाउने आयोगको निर्णय छ।

आयोगले यस्तो निर्णय गर्नुअघि जेनजीका अगुवा सुदन गुरुङले आयोग समक्ष ज्ञापन पत्र बुझाएका थिए।

आजै बुझाइएको ज्ञापनमा भदौ २३ गतेको आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ।

जसमा उपरोक्त पाँच जनाको नामै किटान गरिएको छ।

यसअघि गृहमन्त्रालयले हालै भदौ २३ र २४ गतेको घटनामा आयोगले काम गरिरहेको भन्दै आयोगको सिफारिस बेगर कसैलाई पनि कारबाही नगरिने स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०८२ आश्विन १२, आईतवार १८:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !