सिरहाको औरहीमा देव शरण यादवले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सिरहाको औरहीमा देव शरण यादवले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १२, आईतवार १६:५९
सिरहाको औरहीमा देव शरण यादवले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सिरहा : औरही गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा देव शरण यादवले आइतबार पदभार ग्रहण गरेका छन्।

यसअघि चन्द्र नारायण चौधरीले सो पदमा कार्यभार सम्हालिरहेका थिए।

ADVERTISEMENT

धनुषाको कमला नगरपालिका निवासी यादव लामो समयसम्म जिल्ला अदालत जनकपुरमा कार्यरत रहँदै आएका अनुभवी कर्मचारीका रूपमा परिचित छन्।

उनलाई पदभार ग्रहणको अवसरमा गाउँपालिका अध्यक्ष शिवजी यादवसहित जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले विकास र सुशासनलाई प्राथमिकता दिने र कानुनले दिएको अधिकार प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ आश्विन १२, आईतवार १६:५९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !