धनुषाका १८ पालिकाको खाता अझै बन्द, आर्थिक कारोबार अवरुद्ध

धनुषाका १८ पालिकाको खाता अझै बन्द, आर्थिक कारोबार अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ९, बिहीबार १५:३६
धनुषाका १८ पालिकाको खाता अझै बन्द, आर्थिक कारोबार अवरुद्ध

जनकपुरधाम : धनुषा जिल्लाका १८ स्थानीय तहले अझै खाता सञ्चालन गर्न नसक्दा आर्थिक गतिविधि ठप्प भएको छ। यसले विशेषगरी कर्मचारीलाई तलब–सुविधा लिन कठिनाइ भएको छ भने विकास निर्माणका काम पनि अड्किएका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका अनुसार जिल्लामा रहेका एक उपमहानगरपालिका, ११ नगरपालिका र छ गाउँपालिकाले अहिलेसम्म खाता सञ्चालन गर्न सकेका छैनन्। चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि खाता नखुल्दा न बजेट खर्च भएको छ न त आवश्यक आर्थिक कारोबार।

ADVERTISEMENT

कानुनअनुसार खाता सञ्चालन गर्न नगरसभा वा गाउँसभा सम्पन्न गरी आर्थिक तथा विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट स्वीकृत गर्नुपर्ने र अघिल्लो वर्षको खर्चको हिसाब बुझाउनुपर्ने हुन्छ। तर धनुषाका अधिकांश पालिकाले यी प्रक्रिया पूरा नगरेकाले खाता बन्द रहेको सो कार्यालयले जनाएको छ।

त्यसमध्ये १८ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट समेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस नगरेको पाइएको छ। खाता सञ्चालन नहुँदा विकास निर्माणका योजना समेत प्रभावित भएका छन्।

प्रकाशित मिति: २०८२ आश्विन ९, बिहीबार १५:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !