जनमत पार्टीले थाल्यो निर्वाचनको तयारी

जनमत पार्टीले थाल्यो निर्वाचनको तयारी
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ९, बिहीबार ०९:५९
जनमत पार्टीले थाल्यो निर्वाचनको तयारी

काठमाडौँ : डा.सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनको तयारीमा जुटेको छ । अध्यक्ष डा.राउतले नागरिकसँग सुझाव माग्दै पार्टी निर्वाचनमा जुटेको सन्देश दिएका हुन् ।

आज बिहान सामाजिक सञ्जालमा डा.राउतले भनेका छन्– ‘तपाईंको निर्वाचन क्षेत्रमा जनमत पार्टीलाई जिताउन को–कसलाई पार्टी प्रवेश गराउनु पर्छ वा कसलाई टिकट दिनुपर्छ ? सुझाव दिनुहोस् । छलफल थाल्नुहोस् । पार्टी प्रवेश गर्नेहरूको सूची बनाउनुहोस् ।’

ADVERTISEMENT

उनले जनमत पार्टीलाई जति ठुलो बनाउन सक्यो जनताले त्यति अधिकार पाउने समेत दाबी गरेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ९, बिहीबार ०९:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !