तीन सचिवको सरुवा : गृहसचिव दवाडीलाई हटाएर दंगाललाई ल्याइयो

तीन सचिवको सरुवा : गृहसचिव दवाडीलाई हटाएर दंगाललाई ल्याइयो
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार १३:४७
तीन सचिवको सरुवा : गृहसचिव दवाडीलाई हटाएर दंगाललाई ल्याइयो

काठमाडौँ : सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्बाट निर्णय गरिएको निर्णय आजमात्रै जानकारी आएको हो । गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

ADVERTISEMENT

सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार मुख्यसचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गरेका कार्यालय स्रोतले जानकारी दियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सचिव दुवाडीले बल प्रयोगका लागि निर्देशन दिएको आरोप लागेको थियो ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १३:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !