जनकपुरधाममा ‘दसैँ सस्तो बजार’ सञ्चालनमा

जनकपुरधाममा ‘दसैँ सस्तो बजार’ सञ्चालनमा
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार ०९:५३
जनकपुरधाममा ‘दसैँ सस्तो बजार’ सञ्चालनमा

जनकपुरधाम : विजयादशमीलाई लक्षित गरी जनकपुरधाममा हरेक वर्ष झैँ यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ सुरु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको बजारलाई सोमबार उद्योग वाणिज्य सङ्घ जनकपुरधामको अगुवाइमा सञ्चालनमा ल्याइएको हो।

ADVERTISEMENT

उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सस्तो बजारको उद्घाटन राम मन्दिरका महन्थ राम गिरीले गरेका हुन्।

अध्यक्ष भण्डारीका अनुसार यस वर्ष सस्तो बजारमा ११५ वटा स्टल राखिएको छ। विगतमा ७० देखि ८० वटा स्टल मात्र रहने बजारमा यसपटक स्टल संख्या बढाइएको उनले जानकारी दिए।

सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्वमा प्रयोग हुने विभिन्न सामानसम्म सुपथ मूल्यमा उपलब्ध हुने सङ्घले जनाएको छ। जनकपुरधाममा विगत ४२ वर्षदेखि लगातार दसैँ सस्तो बजार सञ्चालन हुँदै आएको छ।

 

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार ०९:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !