सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी अझै बन्द

सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी अझै बन्द
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ६, सोमबार १५:२०
सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी अझै बन्द

सिरहा : जेनजी आन्दोलनका क्रममा तोडफोडपछि ठप्प बनेको लहानस्थित इलाका प्रशासन कार्यालयको सेवा क्रमशः सञ्चालन हुँदै गएको छ।

कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु गरेको छ। कार्यालय प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले परिचयपत्रसम्बन्धी सेवा सञ्चालनमा ल्याइएको हो।

ADVERTISEMENT

तर राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन। आन्दोलनका क्रममा ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नभएसम्म सेवा बन्द रहने कार्यालयले जनाएको छ।

“केही दिनमै काठमाडौंबाट नयाँ उपकरण आउनेछ। त्यसपछि राहदानी सेवा पनि सुरु हुनेछ,” प्रमुख खनालले बताए।

यसअघि असोज १ गतेदेखि कार्यालयले नागरिकता वितरण सेवा सञ्चालनमा ल्याइसकेको थियो। सेवा सुचारु गर्न मर्मत–सम्भारको काम पनि अगाडि बढाइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ६, सोमबार १५:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !