तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर

तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ५, आईतवार १९:००
तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ : अर्थ मन्त्रालयले तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ

अर्थमन्त्री रामेश्वर खनालले आइतबार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखसहित तीन सहसचिवहरूको अदली बदली गरेका हुन् ।

ADVERTISEMENT

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याइएको छ । सो महाशाखा प्रमुख रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले प्रशासनलाई बताए ।

उनका अनुसार, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाइएको छ । यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रूपमा काम गरिरहेका थिए ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १९:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !