सशस्त्र प्रहरीले धनुषाबाट ८३५ किलो गाँजा बरामद

सशस्त्र प्रहरीले धनुषाबाट ८३५ किलो गाँजा बरामद
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ३, शुक्रबार १८:०१
सशस्त्र प्रहरीले धनुषाबाट ८३५ किलो गाँजा बरामद

जनकपुरधाम : सशस्त्र प्रहरीले धनुषाबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

विदेह नगरपालिका-३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले आज सो गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार १८:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !