जेनजी प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन पुरानै लयमा फर्किँदै

जेनजी प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन पुरानै लयमा फर्किँदै
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २, बिहीबार १३:४३
जेनजी प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन पुरानै लयमा फर्किँदै

सिरहा : जेनजी प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन र सरकारी सेवा प्रणाली बिस्तारै लयमा फर्किंदैछ ।

जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ मा सबै कार्यालयलाई समन्वय गरी २९ गतेदेखि सेवा सुरु गर्न निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बुधवारदेखि जिल्ला प्रशासन कार्यालयले पूर्ण सेवा सञ्चालनमा ल्याएको छ ।

ADVERTISEMENT

उनका अनुसार प्रहरीको अनुपस्थितिमा असुरक्षित महसुस गरेका स्थानीयवासीले नै प्रहरी युनिटको पुन:स्थापनामा सहयोग गरेका छन् । “आन्दोलनपछि अन्योल थियो, तर हामीसँग जे छ त्यसैबाट थालेर उठ्ने प्रयास गर्‍यौँ । हाल अवस्था सामान्य हुँदै गएको छ र हामी पुरानै स्थितिमा फर्किन निरन्तर लागिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी वसन्तले भने ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार आन्दोलनमा क्षतिग्रस्त १४ मध्ये १२ प्रहरी युनिट पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी रहेका दुई वटा अस्थायी प्रहरी बिट पनि चाँडै पुन:स्थापना हुने गरी काम भइरहेको छ ।

यहाँ जिल्लाका अन्य कार्यालयहरू पनि सेवा बिस्तार गर्दै लगेका छन् र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किँदै छ । यहाँ आन्दोलनका कारण एकै दिनमा जिल्लामा करिब रु. एक अर्बभन्दा बढीको क्षति भएको छ ।

प्रदर्शनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण यहाँका निजी र प्रहरीसहित ५२ भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक तथ्यांक छ ।

प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार १३:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !